संक्रमितको संख्या फेरि बढ्न थाल्यो : २४ घन्टामा २९७९ जनामा कोरोना पुष्टि, २८ जनाको मृत्यु

673

काठमाडौं । नेपालमा २४ घन्टाको अवधिमा २ हजार ९ सय ७९ जना कोरोना भाइरस संक्रमित थपिएका छन् भने २८ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घन्टामा देशभर ७ हजार ८ सय ३५ आरटी पिसिआर र ४ हजार ६३ एन्टिजेन गरी कुल ११ हजार ८ सय ९८ जनामा परीक्षण गरिएकोमा २ हजार ९ सय ७९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

संक्रमितहरुमध्ये मुलुकभरका विभिन्न अस्पतलाको आइसियूमा ५ सय ७१ जना र भेन्टिलेटरमा १ सय ६१ जना उपचाररत छन् ।

मन्त्रालयका अनुसार बुधबार देशभरबाट १ हजार ३ सय ३३ जना कोरोना संक्रमणमुक्त भएर फर्किएका छन् । योसँगै कोरोना जितेर फर्कनेको संख्या ६ लाख १४ हजार ३ सय २७ पुगेको छ । निको हुने दर ९४.५ प्रतिशत छ ।

पछिल्लो २४ घन्टाको अवधिमा २८ जनाको संक्रमणबाट मृत्यु भएको भएको छ । योसँगै हालसम्म मृत्यु हुनेको संख्या ९ हजार २ सय ९१ पुगेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...