पेट्रोलियम पदार्थको मूल्यवृद्धि खारेज गर्न नेविसंघको माग

187

काठमाडौं । नेपाल विद्यार्थी संघ(नेविसंघ)ले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि खारेज गर्न माग गरेको छ ।

अत्यावश्यकीय उपभोग्य वस्तु पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिले चौतर्फी महँगी बढ्ने भन्दै नेविसंघका महामन्त्री बलदेव तिमल्सिनाले मूल्यवृद्धि तत्काल फिर्ता लिन माग गरेका हुन् ।

कोरोना महामारीको संकटका बेला जनताको चुलो बन्द गराउने सरकार र नेपाल आयल निगमको दुर्नियत निन्दनीय भएको समेत नेविसंघको ठहर छ ।

पटक–पटक उपभोक्ताको ढाड सेक्ने गरी गरिएको चर्को मूल्यवृद्धि विरुद्ध प्रतिरोध गर्नसमेत महामन्त्री तिमल्सिनाले अपील गरेका छन् ।

नेपाल आयल निगमले मंगलबार रातिदेखि लागु हुनेगरी पेट्रोल, मट्टीतेल तथा डिजेलको मूल्यमा प्रतिलिटर २ रुपैयाँको दरले मूल्य बढाएको थियो । यस्तै, हवाई इन्धन (आन्तरिकतर्फ)मा पनि रु २ बढाएको छ ।

निगमले खाना पकाउने (एलपी) ग्यासको मूल्य समेत बढाएको छ । खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिन्डर २५ रुपैयाँ बढाइएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...