दुर्लभ वन्यजन्तुको अंग र छालासहित चारजना चिनियाँ नागरिक पक्राउ

430

काठमाडौं । नेपाल प्रहरीले दुर्लभ वन्यजन्तुका अङ्ग र छालासहित चारजना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ ।

सोमबार राति महानगरीय प्रहरी वृत्त सोह्रखुट्टेबाट खटिएको विशेष टोलीले ठमेल क्षेत्रबाट ४ जना चिनियाँलाई पक्राउ गरेको हो ।

दुई वटा टेबुलमा विद्युत् जडान गरी डाइस जस्तो देखिने गोटीबाट जुवा खेलिरहेका बेला उनीहरू पक्राउ परेको र अनुसन्धान गर्दै जाँदा उनीहरुको साथबाट झन्डै ७ फिट लामो पाटे बाघको छाला, गाईको जस्तो देखिने छाला, कस्तुरीको विना २० थान फेला परेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका चिनियाँको साथबाट जुवा खेलाउन प्रयोग गरिएका ४ सय १० वटा गोटी, करिब ९ लाख रुपैयाँ नगद, विभिन्न बैंकका एटिएम र रकम लेनदेन गरिएका भौचर पनि बरामद गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी अशोक सिंहले जानकारी दिए ।

उनीहरूविरुद्ध वन्यजन्तु तस्करी, गैरकानुनी जुवा, जडिबुटीको अवैध ओसारपोसारविरुद्धको कानुन अनुसार अनुसन्धान अघि बढाइएको एसपी सिंहले बताए ।

यसमा अन्य मानिसको पनि संलग्नता हुने आशङ्का गरिएको छ। वन्यजन्तुको छाला फेला गर्नुले नेपालीहरूको पनि संलग्नता देखिएको उनले बताए ।

Share This:
सम्बन्धित खबर
Loading...