अदालतले यो पटक पनि संसद् पुनर्स्थापना गर्छ भन्नेमा विश्वस्त छु : प्रचण्ड

291

जनकपुरधाम । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले अदालतले नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गर्नुपर्ने बताएका छन् ।

पार्टीका केन्द्रीय सदस्य महादेव यादवको निधनमा श्राद्धाञ्जली व्यक्त गर्न जनकपुर आएका प्रचण्डले आफू सांसद् पुनःस्थापना हुनेमा विश्वस्त रहेको बताएका हुन् ।

“पहिलोपटक पनि संसद् विघटन हुँँदा सर्वोच्च अदालतले पुनःस्थापना गर्छ भन्नेमा हामीलाई विश्वास थियो, यसपटक पनि अदालतले पुनःस्थापना गर्छ भन्नेमा हामी विश्वस्त छौँ,” प्रचण्डले भने । संविधानको मर्म र लोकतान्त्रिक मूल्य मान्यता अनुसार संसद् पुनःस्थापनाको विकल्प नरहेको बताउँदै उनले भने,“संसद् पुनःस्थापना हुँदैन भन्नुको अर्थ संविधान तथा लोकतन्त्र मिचे पनि हुन्छ भन्ने नजिर स्थापित हुन्छ । त्यता तर्फ म कल्पनासम्म पनि गर्न सक्दिनँ ।”

प्रचण्डले प्रधानमन्त्री ओलीले सर्वोच्च अदालतलाई दवाव दिएर निरंकुश बन्दै गएको आरोप लगाए । “ओली जनताको नजरमा निरंकुश र लोकतन्त्र विरोधी तत्वको रुपमा उजागर भइसक्यो,” उनले भने ।

पार्टीले आयोजना गरेको श्रद्धाञ्जली कार्यक्रममा प्रचण्डले निधन भएका यादवको पार्थिव शरीरमा पार्टीका झन्डा ओढाएर सम्मान साथै श्रद्धाञ्जली अर्पण गरेका थिए ।

Share This:
सम्बन्धित खबर
Loading...