सुजिता भण्डारीको हत्यारा पत्ता लगाउन समाजवादी विद्यार्थी युनियनको माग

295

काठमाडौं । समाजवादी विद्यार्थी युनियनले चितवनको राप्ती नगरपालिका–३ की २२ वर्षीया सुजिता भण्डारीको मृत्यु प्रकरणबारे अनुसन्धान गरी दोषीमाथि कारबाही गर्न माग गरेको छ ।

यही असार ११ गते बिहान ६ बजेबाट बेपत्ता भएकी भण्डारीको आइतबार साँझ स्थानीय ब्रह्मस्थायी सामुदायिक वनमा मृत फेला परेकी थिइन् । सो घटनाले गम्भीर आशंका पैदा भएको समाजवादी विद्यार्थी युनियनको भनाइ छ ।

अध्यक्ष रुपनारायण श्रेष्ठले आज एक विज्ञप्ति जारी गर्दै भण्डारीले आफू अपहरणमा परेको बताएको र हारगुहार गर्दा पनि सकुसल उद्धार हुन नसक्नुले प्रश्नहरु जन्माएको बताएका छन् ।

“हाप्ता दिनदेखि हराएकी युवतीले आफू अपहरणमा परेको र आफूलाई बचाउन रुँदै हारगुहार गर्दासमेत सकुशल उद्धार गर्न नसक्नु, जंगलमा मृत शरीर भेटिनु, ३ वर्षसम्म निर्मला पन्तको हत्यारा पत्ता लगाउन नसक्नसले गम्भीर संयस र प्रश्नहरु जन्माएको छ,” विज्ञप्तिमा भनिएको छ,“न्यायका लागि निरन्तर आवाज उठाउने संगठन समाजवादी विद्यार्थी युनियनले सुजिता भण्डारी मृत्यु प्रकरणलाई राज्यले छानबिन गरी चाडोभन्दा चाडो दोषीलाई कानुनी कठघरामा उभ्याउन जोड्दार माग गर्दछ ।”

Share This:
सम्बन्धित खबर
Loading...