काठमाडौं । सरकारले दुईजना सहसचिवलाई सचिवमा बढुवा गरेको छ । सोमबारको मन्त्रिपरिषद् बैठकले सहसचिवद्वय मधुसूदन बुर्लाकोटी र सुशील चन्द तिवारीलाई सचिवमा बढुवा गरेको हो ।
लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षताको बढुवा सिफारिस समितिले प्रशासनतर्फ सहचिव मधुसूदन बुर्लाकोटी, कृष्णहरि पुष्कर र खगेन्द्रप्रसाद नेपालको सिफारिस गरेको थियो भने प्रविधिकतर्फ सुशील चन्द तिवारी, गोपालप्रसाद सिग्देल र राजेन्द्रप्रसाद खनालको नाम सिफारिस गरेको थियो ।
बुर्लाकोटी युवा तथा खेलकुद मन्त्रालयमा प्रवक्ताको जिम्मेवारीमा थिए भने तिवारी लुम्बिनी प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयको सचिवको जिम्मेवारीमा थिए ।