युरोकप र कोपा अमेरिकामा सट्टेबाजी गराउने ३ भारतीयसहित ८ जना पक्राउ

272

काठमडौं । युरोकप २०२० र कोपा अमेरिका फुटबल खेलमा अनलाइनमार्फत् सट्टेबाजी गराउने ८ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय अपराध महाशाखाले पक्राउ गरेकामध्ये तीन जना भारतीय नागरिक छन् ।

पक्राउ पर्नेमा काठमाडौं–४ सुकेधाराका ५७ वर्षीय राजेन्द्र श्रेष्ठ प्रधान, काठमाडौं–१९ ढोकाटोलका ४७ वर्षीय जीवन लामा, पर्सा वीरगञ्ज नगरपालिका–७ घर भई हाल कुलेश्वर बस्ने ४६ वर्षीय सुरज टिवडेवाल, चितवन खैरहनी नगरपालिका–५ घर भई हाल धापासी बस्ने ४५ वर्षीय गोविन्दप्रसाद आचार्य, विराटनगर–७ घर भई हाल मरूटोलका ४६ वर्षीय अमरनाथ गुप्ता छन् ।

त्यसैगरी, भारतीय नागरिकमा बिहार पूर्वी चम्पारण रक्सौलका ४६ वर्षीय अशोककुमार गुप्ता, भारत हरियाना विवरनी घर भएका ४९ वर्षीय राजेशकुमार अग्रवाल र राजस्थान झुनझुन जिल्लाका ३३ वर्षीय सुचित डालमिया अग्रवाल पक्राउ परेका छन् ।

गुप्ता कुलेश्वर, अग्रवाल इन्द्रचोक र डालमिया क्षेत्रपाटीमा बस्दै आएको महाशाखाले जनाएको छ । उनीहरुलाई आज काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरिएको हो ।

प्रहरीले उनीहरुको साथबाट ३४ लाख ६५ हजाररुपैयाँ बरामद गरेको छ । उनीहरुले मनी ट्रान्सफरमार्फत नगदी कारोबार गरिरहेको अवस्थामा पक्राउ गरिएको महाशाखाले जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...