काठमाडौं । उपप्रधानमन्त्री एवम् ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री विष्णु पौडेलले माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको निर्माण सम्पन्न हुनु नेपालको जलविद्युत् उत्पादनको क्षेत्रमा कोशेढुंगा भएको बताएका छन् ।
तामाकोशीबाट शिक्षा लिँदै जलविद्युत् उत्पादनमा जुट्ने मन्त्री पौडेलले बताए ।
“जलविद्युत् उत्पादनमा तामाकोसी कोशेढुंगा भएको छ, नेपाली पूँजिमा निर्मित आयोजना सम्पन्न भएपछि दिगोरुपमा लोडसेडिङ अन्त्यको काम गरेको छ,” उनले भने । मन्त्री पौडेलले जलविद्युत् विकासको क्षेत्रमा नयाँ फड्को मार्दै जाने विश्वास तामाकोसीले दिएको बताए ।
“लामबद्ध भएका कयौँ आयोजनाको विकासको प्रवर्द्धन तामाकोसीबाट शिक्षा लिँदै जुट्ने छौँ,” उनले भने ।
बालुवाटारमा आयोजित विशेष समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीले तामाकोसी जलविद्युत् आयोजनाको उद्घाटन गरेका थिए ।
पहिलो चरणमा ७६ मेगावाट बिजुली उत्पादन सुरु भएको छ ।