एमिकस क्युरी पाठकको राय : संसद् विघटन संवैधानिक छ, निर्वाचनमै जानुपर्छ

582

काठमाडौं । प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा एमिकस क्युरी उषा मल्ल पाठकले संसद् विघटन संविधानअनुसार नै भएको भन्दै निर्वाचन नै अबको विकल्प भएको राय दिएकी छन् ।

नेपाल बार एसोसिएसनका तर्फबाट एमिकस क्युरी चयन भएकी पाठकले धारा ७६(५)मा विश्वासको मतको आधार हेरेर दाबी अस्वीकृत गर्ने अधिकार राष्ट्रपतिको भएको बताइन् ।

“मिलिजुली सरकार बनाउन कुनै एक पपुलर सदस्यले पाउने हो । एमाले र जसपा विभाजन भएकाले राष्ट्रपतिले आधार नदेखेको हो । राष्ट्रपतिको निर्णय संविधानसम्मत छ,” वरिष्ठ अधिवक्ता पाठकले भनिन् ।

त्यस्तै उनले धारा ७६(५) अनुसारको सरकार बन्न नसकेपछि धारा ७६(३)अनुसारको प्रधानमन्त्रीले गरेको संसद् विघटन पनि संविधानसम्मत रहेको दाबी गरिन् । “मुलुकलाई निकास दिन एकमात्र बिकल्प चुनाव हो । त्यसकारण रिट निवेदन खारेज हुनुपर्छ र चुनावमा जानुपर्छ,” उनले भनिन् ।

पाठकले सबै नागरिकलाई कोभिडको खोप लगाउँदै निर्वाचन जान उपयुक्त निर्देशनात्मक आदेश जारी हुनुपर्ने दाबी गरिन् ।

Share This:
सम्बन्धित खबर
Loading...