प्रधानमन्त्रीले आज माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको उद्घाटन गर्ने

344

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज राष्ट्रिय गौरवको आयोजनाको रुपमा परिचित माथिल्लो तामाकोसी जलविद्ययुत् आयोजनाको उद्घाटन गर्ने भएका छन् ।

आयोजनाका प्रवक्ता डा.गणेश न्यौपानेका अनुसार सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले अपरान्ह ४ बजे भर्चुअल माध्यमबाट आयोजनको उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । आयोजनाको पहिलो युनिटको क्षमता ७६ मेगावाट रहेको छ ।

कुल ४ सय ५६ मेगावाट क्षमताको तामाकोसी जलविद्युत् आयोजनाको पहिलो युनिटबाट विद्युत् उत्पादन गर्न लागेका हो । आयोजनामा कुल ६ युनिट रहेका छन् ।

आयोजनाबाट उत्पादित बिजुली विद्युत्‌गृह रहेको गोगरबाट न्यु खिम्ती सबस्टेसन हुँदै ढल्केबर पुग्ने छ । प्रवक्ता डा. न्यौपानेका अनुसार ढल्केबर सबस्टेसनबाट राष्ट्रिय प्रसारण प्रणालीमा जोडिने छ ।

स्वादेशी लगानीमा नै हालसम्मकै ठूलो आयोजना सम्पन्न भएको हो । सुरुवाती लागत ३५ अर्ब रहेको भएपनि अमेरिकी डलरको मूल्यमा आएको उतारचढाव, ब्याजलगायतका कारण लागत वृद्धि भएर झन्डै ८० अर्बको हाराहारीमा पुगेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...