ब्राउन सुगरसहित दुईजना पक्राउ

283

झापा । झापा कमल गाँउपालिका–३ पूर्वपश्चिम राजमार्गको केर्खा बजारबाट लागुऔषध ब्राउन सुगरसहित २ जनालाई पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा झापा मेचीनगर–१५ का २० वर्षीय सुवास मेचे र सोही नगरपालिका–१० का २५ वर्षीय सुरज लामिछाने रहेका छन् ।

शनिबार साढे ३ बजे टेम्पो चढी आउँदै गरेको अवस्थामा विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय दमक र लागुऔषध नियन्त्रण ब्युरो काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले लागुऔषध ब्राउन सुगर ८८ ग्रामसहित उनीहरुलाई पक्राउ गरिएको हो ।

पक्राउ परेका उनीहरु उपर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...