काठमाडौं । सञ्चारकर्मी रुपा सुनुवारले आफूमाथि जातीय छुवाछुत गर्नेविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर गरेकी छन् ।
उनले दलित भएको भन्दै कोठा भाडामा नदिने घरधनी सरस्वती प्रधानका साथै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठ, जिल्ला सरकारी वकिलको कार्यालय र महानगरीय प्रहरी वृत सिंहदरबारलाई समेत विपक्षी बनाएर आइतबार मुद्दा दायर गरेकी हुन् ।
घरबेटीविरुद्ध दायर गरिएको रिटमा कोठा भाडामा लिने÷दिने मौखिक सहमति भइसकेको अवस्थामा घरधनी प्रधानले आफू दपलत समुदाय (कामी) थरको भएको बताएपछि कोठा दिन अस्वीकार गरेको भनिएको छ । रिटमा संवैधानिक एवम् राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानुनी व्यवस्था जातीय भेदभाव तथा छुवाछुत कसुरको कसुरदातालाई कानुनबमोजिम कारबाही तथा मेरो मौलिक हकको संरक्षणका लागि आदेश जारी गर्न उनले माग गरेकी छन् ।
यसैगरी शिक्षामन्त्री श्रेष्ठले अभियुक्तलाई छुटाउन पदीय ओहदा र सरकारी पद तथा श्रोतसमेतको दुरुपयोग गरी प्रहरी कार्यालयमै पुगी अनुसन्धानमा बाधा व्यवधान उत्पन्न गराएकाले तत्काल उक्त पदबाट हटाइ निजमाथि जातीय छुवाछुत तथा अन्य सामाजिक भेदभाव (कसुर र सजाय) ऐन बमोजिम कारबाहीको माग गरिएको छ ।
उनले आफूमाथि जातीय भेदभाव तथा छुवाछुतजन्य गर्नेविरुद्ध जातीय छुवाछुत तथा अन्य सामाजिक भेदभाव (कसुर र सजाय) ऐन, २०६८ अन्तर्गत कारबाहीको माग गरेकी छन् ।
यस्तो छ रिटको पूर्णपाठ
रुपा सुनुवार