मेघराज पोखरेललाई प्रधानन्यायाधीश जबराको प्रश्नः धारा ७६ को २ र ५ को भिन्नता के ?

संवैधानिक इजलास

366

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले सभामुख अग्निप्रसाद सापकोटाका कानुन व्यवसायी मेघराज पोखरेललाई संविधानको धारा ७६(२) र (५)को भिन्नता के भनेर प्रश्न गरेका छन् ।

प्रतिनिधिसभा विघटन मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलासमा जारी बहसमा प्रधानन्यायाधीश जबराले धारा ७६को उपधारा (२) र (५)को भिन्नताबारे प्रश्न गरेका हुन् ।

“संविधानको धारा ७६ को उपधारा (२) मा दल भनिएको छ (५) मा सदस्य प्रधानमन्त्री पनि सदस्य नै हुने हो । (२) र (५)को भिन्नता के हो ?” प्रधानन्यायाधीश राणाले भने ।

Share This:
सम्बन्धित खबर
Loading...