काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२को वार्षिक परीक्षा साउन अन्तिम साताबाट सञ्चालन गर्ने प्रस्ताव गर्दै सरकारसँग अनुमति मागेको छ । भौतिकरुपमा नै परीक्षा सञ्चालन गर्ने भन्दै बोर्डले परीक्षाका लागि अनुमति मागिएको जनाएको छ ।
बोर्डका अनुसार परीक्षा सञ्चालनका लागि सरकारले अनुमति दिएलगत्तै परीक्षाको प्रक्रिया अगाडि बढ्ने छ ।
लाखैँ विद्यार्थी सहभागी हुने परीक्षा भएका करण अनलाइन माध्यमबाट परीक्षा सञ्चालन गर्न नसकिने बोर्डले जनाएको छ ।
केही समय ढिला भएपनि भौतिकरुपमा नै परीक्षा सञ्चालन गर्ने योजना बोर्डले बनाएको छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका अनुसार बोर्डको प्रस्तावमा छलफल गरेर मात्रै निर्णय हुने छ ।
शिक्षा मन्त्रालयले परीक्षा स्थगित गर्ने नगरेकोले परीक्षा सञ्चालनको अनुमतिसम्बन्धी निर्णय पनि सिसिएमसीबाट हुने मन्त्रालयले जनाएको छ ।
यसअघि जेठ २६ गतेदेखि कक्षा १२ को परीक्षा हुने तय भएको थियो । कोरोना महामारी बढेपछि सिसिएमसीले नै रोक्ने निर्णय गरेको थियो ।