हुवावेइ कम्पनी एप्पल जत्तिकै शक्तिशाली : क्लाइकम सिइओ एमोन

495

एजेन्सी । अमेरिकी चिप निर्माता कम्पनी क्वालकम इङ्कको नयाँ सिइओ क्रिस्टियानो एमोनले हुवावेइ कम्पनी एप्पल सरह शक्तिशाली रहेको बताएका छन् ।

हालैमात्र कम्पनीको सिइओ नियुक्त भएका उनले स्मार्टफोनको बजारमा एप्पलजस्तै हुवावेइ पनि उत्तिकै शक्तिशाली रहेको बताएका छन् ।

उनले चिनियाँ बजारमा समेत क्वालकमलाई बलियो बनाएर अझ धेरै आम्दानीको श्रोत निर्माण गर्ने अपेक्षा रहेको बताए । उनले जुन रुपमा आज हुवावेइको बजारमा ठूलो असर परेको छ, त्यसले स्मार्टफोनको बजारमा ‘ग्याप’ सिर्जना भएको बताए ।

उनले हाई–इन्ड स्मार्टफोनमा हुवावेइका लागि राम्रो अवसर रहेको र त्यसैबाट पनि एप्पलको जस्तै ठूलो बजार स्थापित गर्नसक्ने बताए । उनले चिनियाँ ब्रान्डमा लगाइएको प्रतिबन्धका कारण कम्पनीको आम्दानीमा समेत असर परेको उल्लेख गरेका छन् ।

गत वर्ष मात्रै कम्पनीले चिपसेटको बिक्रीबाट १६ दशमलव ५ बिलियन डलर आम्दानी गरेको थियो जसमा १२ दशमलव ८ बिलियन डलर आम्दानी मोबाइल फोनबाटै भएको थियो ।

Share This:
सम्बन्धित खबर
Loading...