धादिङ । थाक्रे गाउँपालिका–२को सिम्ले बजार र वडा नम्बर ११ को मान्खुटार जोड्ने पक्की पुल बाढीले बगाएको छ ।
गएराति महेश खोलामा आएको बाढीले निर्माणको अन्तिम चरणमा रहेको पुल भाँचिदिएको हो । पुलमा केही दिनअघि मात्रै ढलान गरिएको थियो । पुल सम्पन्न भएर प्रयोगमा ल्याउन नपाउँदै बाढीले बगाएको स्थानीय शिक्षक जयराम रुपाखेतीले बताए ।
गएराति १२ बजेको समयमा आग्रा खोलामा बाढी आएपछि महेशखोलामा पानीको बहाव अत्याधिक बढेको थियो ।