एमाले नेताहरुलाई मिल्न दवाव दिँदै जनप्रतिनिधिहरुको प्रदर्शन

372

काठमाडौं । नेकपा एमालेका नेताहरुलाई मिल्न दवाव दिँदै काठमाडौंको चन्द्रागिरि नगरपालिकाका जनप्रतिनिधिहरुले प्रदर्शन गरेका छन् ।

शनिबार चन्द्रागिरिका एमाले तर्फबाट निर्वाचित जनप्रतिनिधिहरुले मुलुकको समृद्धिका लागि एमालेका नेताहरु एकताबद्ध हुनुपर्ने भन्दै प्रदर्शन गरेका हुन् ।

प्लेकार्डसहित प्रदर्शन गरेका उनीहरुले समृद्धिका लागि एमालेको एकता अपरिहार्य रहेको बताएका छन् । सिंगो एमाले हाम्रो चाहना, जनताको बहुदलीय जनवाद जिन्दवादलगायत लेखिएका प्लेकार्ड प्रदर्शन गरिएको थियो ।

प्रदर्शनमा उत्रिएका जनप्रतिनिधिहरुले एमालेलाई एकढिक्का बनाउन अब मुलुकभरिबाट दवाव दिनुपर्ने धारणा राखेका थिए । उनीहरुले अहिलेको अवस्थामा अध्यक्ष केपी शर्मा ओली र माधव कुमार नेपाललगायतका नेताहरु एक भएर अघि बढ्नुपर्ने बताए । चन्द्रागिरि नगरपालिका– १ का अध्यक्ष राजेन्द्र केसीले नगरपालिकाका १ देखि १५ सम्ममा एमाले तर्फका जनप्रतिनिहरु एमालेलाई एकढिक्का बनाउनका लागि दवावमुलक कार्यक्रममा उत्रनुपरेको बताए ।

उनीहरुले एमालेलाई एकताबद्ध बनाउनका लागि हरसम्भव दवाव दिने अभियानमा निरन्तर लाग्ने र यसलाई देशव्यापी बनाउने बताएका छन् ।

Share This:
सम्बन्धित खबर
Loading...