विपक्षी गठबन्धनका विद्यार्थी संगठनद्वारा प्रधानमन्त्रीको पुत्ला दहन

710

काठमाडौं । विपक्षी गठबन्धन आबद्ध विद्यार्थी संगठनहरुले शुक्रबार पनि सरकारविरुद्ध प्रदर्शन गरेका छन् ।

विपक्षी गठबन्धन आबद्ध विद्यार्थी संगठनहरुले शुक्रबार विभिन्न क्याम्पस अगाडि सरकारको विरोध गर्दै प्रदर्शन गरेका हुन् । सो क्रममा विद्यार्थीहरुले प्रधानमन्त्रीको पुत्ला दहन गरेका थिए ।

काठमाडौंको शंकरदेव क्याम्पस अगाडि पुत्ला दहन गर्दा प्रहरीले हस्तक्षेप गरेको थियो भने केही विद्यार्थीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

त्यस्तै शुक्रबार नै विद्यार्थीहरुले काठमाडौंको मीनभवन क्याम्पस अगाडि राके जुलुससहित प्रधानमन्त्रीको पुत्दा दहन गरेका छन् ।

प्रतिनिधिसभा विघटन गर्दै प्रधानमन्त्री ओली निरंकुश बन्दै गएको, मुलुकमा भ्रष्टाचार र मूल्यवृद्धि भएको, जनताको न्यूनतम आधारभूत आवश्यकता पूरा गर्न नसकेको लगायतका आरोप लगाउँदै विद्यार्थीहरुले विरोध जनाएका हुन् । उनीहरुले प्रधानमन्त्रीले आफ्नो कदम नसच्चाएसम्म आन्दोलन गर्ने चेतावनी दिएका थिए ।

सरकारको कामकारबाहीको विरोध गर्दै विद्यार्थी संगठनहरुले बिहीवार पनि विरोध प्रदर्शन गरेका थिए ।

Share This:
सम्बन्धित खबर
Loading...