चोरीको अभियोगमा दुईजना पक्राउ

488

सुनसरी । सुनसरीको इटहरी उपमहानगरपालिका क्षेत्रका दुई छुट्टाछुट्टै स्थानमा चोरी गरेको आरोपमा इलाका प्रहरी कार्यालय इटहरीले दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा इटहरी उपमहानगरपालिका–३ का २९ वर्षीय सुमन तामाङ र धरान उपमहानगरपालिका–१९ का २४ वर्षीय सुरज परियार रहेका छन् ।

तामाङ इटहरी–३ का अनन्तप्रसाद पौडेलको घर कोठामा रहेको नगद १ लाख ३५ हजार र १४ हजार मूल्य बराबरको सुनको गहना चोरी गरेको आरोपमा पक्राउ परेका हुन् ।

जेठ १२ गते बिहान अन्दाजी ६ बजेको समयमा पौडेलको घर कोठाबाट नगद तथा गहना हराएको भन्ने सूचनाका आधारमा चोरीमा संलग्न रहेका व्यक्तिको खोजतलासमा खटिएको प्रहरी टोलीले तामाङलाई पक्राउ गरेको हो । तामाङको साथबाट प्रहरीले नगद ६९ हजार ५ सय नगदसमेत बरामद गरेको छ ।

यसैगरी, इटहरी–६ मा रहेको कुलनयन ट्रेडसबाट नाइट्रोजन ग्यास सिलिन्डर चोरी गर्ने सुरज परियारलाई मोरङको सुन्दरहरैचा–३ बाट चोरी भएको नाइट्रोजन ग्यास सिलिन्डरसहित पक्राउ गरेको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।

चोरीको आरोपमा पक्राउ परेका दुवै जनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...