काठमाडौंमा असार २२ गतेदेखि भेरोसेलको दोस्रो मात्रा लगाइने, यी ३२ स्थानमा लगाइँदै छ हेर्नुस् (सूचीसहित)

489

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९)विरुद्धको भेरोसेल खोपको पहिलो मात्र लगाएकालाई असार २२ गतेदेखि दोस्रो मात्रा खोप लगाइने भएको छ । स्वास्थ्य कार्यालय काठमाडौंले जिल्लाका ३२ स्थानमा खोप केन्द्र तोकेको छ ।

सरकारले जेठ २५ गतेदेखि २९ गतेसम्म देशभर ६० देखि ६४ वर्ष उमेर समहूका नागरिकलाई भेरोसेलको पहिलो मात्रा खोप लगाएको छ ।

पहिलो मात्रा लगाएका ३ लाख ७० हजार नागरिकलाई असार २२ गतेबाट दोस्रो मात्रा खोप लगाइने तय भएको स्वास्थ्य सेवा विभागको खोप शाखा प्रमुख डा.झलक शर्मा गौतमले जानकारी दिए ।

साथै, अघिल्लो खोप अभियानमा भेरोसेल खोपको दोस्रो मात्रा लगाउन छुटेकाले समेत सो अवधिमा दोस्रो डोज लगाउन पाउने उनले बताए ।

खोप लगाउनका लागि यसअघि पहिलो मात्रा लगाएको कार्ड अनिवार्य देखाउनुपर्ने बताइएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...