देशैभर वर्षा, सतर्क रहन आग्रह

391

काठमाडौं । देशभर सामान्यदेखि पूर्ण बदली रही धेरैजसो ठाउँमा पानी परिरहेको छ ।

प्रदेश नम्बर १,र २, बागमती तथा गण्डकी प्रदेशका धेरै स्थानहरुमा हल्कादेखि मध्यम तथा एक–दुई स्थानमा भने मेघगर्जन–चट्याङ्गसहित भारी वर्षा भइरहेको छ। यस्तै बाँकी प्रदेशका एक–दुई स्थानमा समेत अहिले हल्का वर्षा भइरहेको छ।

हाल देशभर मनसुनी वायुको प्रभाव सक्रिय रहेकोले विभिन्न ठाउँमा वर्षा भएको हो । देशको तराई भूभाग नजिक मनसुनी न्यूनचापीय रेखा रहेकोले वर्षा भएको हो ।

खासगरी पहाड, नदी किनारा तथा होचो भागमा वर्षाका कारण बाढी पहिरो तथा डुवानको समस्या हुनसक्ने भएकाले सचेत र सतर्क रहन जल तथा मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...