छुट्टाछुट्टै स्थानबाट लागुऔषधसहित ६ जना पक्राउ

453

विराटनगर । मोरङ, झापा र सुनसरीका तीन छुट्टाछुट्टै स्थानबाट नियन्त्रीत लागुऔषध ब्राउनसुगर र ट्याब्लेटसहित ६ जना पक्राउ परेका छन् ।

मोरङको बेलवारी नगरपालिका–१ हटिया लाइनबाट लागुऔषध ट्याब्लेटसहित ४ जना, झापाको मेचीनगर नगरपालिका–६ बाट ब्राउनसुगरसहित १ जना र सुनसरीको लौकहीबाट डाइलक्स डिसीसहित १ जना पक्राउ परेका हुन् ।

इलाका प्रहरी कार्यालय बेलवारीबाट खटिएको प्रहरी टोलीले मंगलबार दिउँसो बेलबारी नगरपालिका–१ का २५ वर्षीय रिकल कोइराला, २४ वर्षीय केशव गुरुङ, २७ वर्षीय विशाल गुरुङ र ३५ वर्षीय सुरज गुरुङलाई Diazelab १७ एम्पुल, Phenergan १७ एम्पुल, Avil १७ एम्पुल र LUPIGESIC १७ एम्पुलसहित पक्राउ गरेको हो ।

यसैगरी, इलाका प्रहरी कार्यालय काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले बुधबार बिहान ४ बजे, ३ ग्राम लागुऔषध ब्राउनसुगरसहित मेचीनगर नगरपालिका–६ का २७ वर्षीय देवेन्द्र थापालाई पक्राउ गरेको थियो ।

यस्तै, इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको प्रहरी टोलीले धरान उपमहानगरपालिका–१२ घर भई इटहरी बस्दै आएका ४२ वर्षीय दुधिर श्रेष्ठलाई २० बोतल लागुऔषध डाइलक्स डिसीसहित कोसी गाउँपालिका–१ बाट पक्राउ गरेको हो ।

लागुऔषधसहित पक्राउ परेका उनीहरुको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...