उदयपुरको बेलकामा गाउँले र प्रहरीबीच झडप, प्रहरीसहित १६ जना घाइते

581

उदयपुर । उदयपुरको बेलकामा गाउँले र प्रहरीबीच झडप भएको छ । झडपमा परी १६ जना घाइते भएका छन् ।

झडपमा सशस्त्र प्रहरीका २, नेपाल प्रहरीका ४ जना गरी ६ जना प्रहरी कर्मचारी घाइते भएका छन् । यस्तै, १० जना गाउँले घाइते भएका छन् ।

घाइते प्रहरीको सदरमुकाम गाईघाटमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरका डिएसपी बेदप्रसाद गौतमले जानकारी दिए । प्रदर्शनमा सहभागी १० भन्दा बढी गाउँलेलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

बेलका नगरपालिकाका प्रमुख दुर्गा कुमार थापाले ऐलानी जग्गालाई कबुलियत वन बनाउन सिफारिस गरेपछि गाउँलेले विरोध गर्दा झडप भएको हो ।

बेलका नगरपालिका–३ र ९ लगायतका वासिन्दालाई बिच्चली बनाउने नगरपालिका प्रमुखले कबुलियत वन बनाउन सिफारिस गरेको भन्दै स्थानीय वासिन्दा नगरपालिका घेराउ गर्न पुगेका थिए ।

गाउँलेले नगरपालिकाको गाडी र प्रमुखको कार्यकक्षमा समेत तोडफोड गर्न खोजेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले केही राउन्ड हवाइ फारय र अश्रुग्यास प्रहार गरेको डिएसपी गौतमले बताए ।

Share This:
सम्बन्धित खबर
Loading...