एमालेको केन्द्रीय कमिटी विस्तार, थपिए पूर्वमाओवादीका २३ जना नेता

479

काठमाडौं । नेकपा (एमाले)ले केन्द्रीय कमिटी विस्तार गरेको छ । बुधबार बसेको बसेको दशौँ महाधिवेशन आयोजक कमिटीको बैठकले पूर्वमाओवादी केन्द्रबाट आएका २३ जना नेतालाई समेटेर केन्द्रीय कमिटी विस्तार गरेको हो ।

एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले केन्द्रीय कमिटीको बैठक असार १८ गतेका लागि बोलाइएको जानकारी दिए ।

बैठकले रामा बहादुर थापा‘बादल’, टोप बहादुर रायमाझी, लेखराज भट्ट, मणिचन्द्र थापा, प्रभु साह, टंक आङ्बुहाङ, पासाङ शेर्पा, ज्वाला साह, टेक बहादुर बलमपाकी, कमल चौलागाईं, मनोज, विशमलाल अधिकारी, लिला बहादुर थापा, दधिराम न्यौपाने, गिरधरीलाल, झपट बोहरा, गौरीशंकर चौधरी, खमन विक, धर्मराज, नवीन रोक्का, चन्द्र बहादुर खड्का, दिनेश पन्त, दावा लामालाई केन्द्रीय सदस्यमा नियुक्त गरेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...