गल्ती महसुस भएको छ, आइन्दा यस्तो गर्दिनँ : शिक्षामन्त्री श्रेष्ठ

553

काठमाडौं । जातीय विभेदलाई प्रश्रय दिएको आरोप लागेका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले राष्ट्रिय मानव अधिकार आयोगसमक्ष गल्ती महसुुस भएको बताएका छन् ।

आयोगका पदापधकारीहरुसँगको छलफलमा मन्त्री श्रेष्ठले गल्ती गरेको महसुस भएको र आइन्दा यस्तो गल्ती नगर्ने बताएका हुन् ।

जातीय विभेद गरेको आरोपमा पक्राउ परेकी घरबेटी सरस्वती प्रधानलाई मन्त्रीको झन्डावाला गाडीमा राखेर लगेपछि मन्त्री श्रेष्ठ विवादमा तानिएका थिए ।

आयोगले सो प्रकरणमा मन्त्री श्रेष्ठलाई मंगलबार आयोगको कार्यालयमा बोलाएर छलफल गरेको थियो ।

Share This:
सम्बन्धित खबर
Loading...