खुम्बु क्षेत्रका ९० प्रतिशत नागरिक खोपको पहुँचमा

419

खोलुखुम्बु । जिल्लाको पासाङ ल्हामु गाउँपालिका भित्र बसोबास गर्ने ९० प्रतिशत नागरिक कोरोनाविरुद्धको खोपको पहुचमा आएको गाउँपालिकाले दाबी गरेको छ ।

कोरोना संक्रमण पछि खुम्बुमा बसोबास गर्ने ९० प्रतिशत नागरिकहरुले कोरोनाविरुद्धको खोप प्राप्त गरेको गाउँपालिका स्वास्थ्य शाखा संयोजक अर्थिमाया तामाङले जानकारी दिइन् ।

गाउँपालिकामा हालसम्म ४ हजार ८ सय ६२ जनालाई कोरोनाविरुद्धको खोप लगाइसकेको छ । पछिल्लो समय ४ हजार ५ सय बढीलाई खोप लगाएसँगै खोप प्राप्त गर्नेको संख्या ४ हजार ८ सय ६२ पुगेको गाउँपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । यस अघि ३ सय ६२ जनाले खोप लगाएका थिए ।

खोप प्राप्त गर्नेमा २ हजार ४ सय २० जना पुरुष र २ हजार ४ सय ४२ जना महिला रहेको जनाइएको छ ।

चीनसँग सिमाना जोडिएका क्षेत्रका १८ वर्षमाथिका सबै नागरिकलाई खोप लगाउने सरकारको निर्णय अनुसार खुम्बुका पासाङ ल्हामु गाउँपालिकाका नागरिकलाई खोप लगाइएको स्वास्थ्य कार्यालय सोलुखुम्बुले जनाएको छ ।

श्रोतः सोलु एफएम

Share This:
सम्बन्धित खबर
Loading...