काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री बसन्त कुमार नेम्वाङले धानको उत्पादनलाई वृद्धि गर्नुपर्नेमा जोड दिएका छन् । उनले धानको उत्पादनलाई वृद्धि गरेर आत्मनिर्भर हुन सकेमात्रै देशमा समृद्धि प्राप्त हुने बताए ।
मंगलबार १८औँ धान दिवस र रोपाइँ महोत्सवको अवसरमा आयोजित कार्यक्रममा मन्त्री नेम्वाङले देशको अर्थतन्त्रको भरपर्दो आधार कृषि भएको र कृषिमा पनि धान बाली भएकाले धान बालीको उत्पादनमा वृद्धि गर्नुपर्ने बताएका हुन् ।
उनले कृषिको उत्पादन तथा उत्पादकत्व बढाएर आयातलाई प्रतिस्थापन गर्न र आत्मनिर्भर बन्न सक्नुपर्ने बताए ।
“अर्थतन्त्रमा ठूलो टेवा पुर्याउने कृषि हो । कृषिमा उत्पादन र उत्पादकत्व, खाद्य र पोषण सुरक्षादेखि लिएर यसलाई विशिष्टिकरण ढंगले अगाडि बढाएर, आयातलाई प्रतिस्थापन गरेर आत्मनिर्भरतातर्फ उन्मुख भएन भने समृद्धि प्राप्त गर्न सकिँदैन । समृद्धि प्राप्त गर्ने हाम्रो राष्ट्रिय आकांक्षाको मूल आधार कृषिको विकास हो । त्यसमध्येको एउटा आधार धानबालीको उन्नयन र विकास हो,” मन्त्री नेम्वाङले भने ।
उनले नेपालको खाद्य तथा पोषण सुरक्षामा धान बालीको व्यापकता र आवश्यकतालाई ध्यान दिनु रहेको बताए । सरकार धानबालीको उत्पादकत्व बढाउने, आधुनिकीकरण गर्दै भण्डारण र बजार व्यवस्थापनका लागि स्पष्ट नीति बनाइसकेकोसमेत उनले उल्लेख गरे ।
यसपटकको दिवसको नारा ‘धान उत्पादनमा वृद्धिः खाद्य सुरक्षा आत्मनिर्भरता र समृद्धि’ भन्ने रहेको छ । म