भोलिदेखि उपत्यकामा जोरबिजोरमा सार्वजनिक सवारी साधन चलाउन पाइने

२५ सिटभन्दा बढीका गाडीलाई मात्र अनुमति

689

काठमाडौं । जारी निषेधाज्ञा खुकुलो पार्दै भोलिदेखि काठमाडौं उपत्यकामा २५ सिटमाथिका सार्वजनिक बस चल्न दिने निर्णय भएको छ ।

सोमबार काठमाडौं उपत्यकाका ३ जिल्ला (काठमाडौं, ललितपुर र भक्तपुर)का प्रमुख जिल्ला अधिकारीहरुको बैठकले यस्तो निर्णय गरेको हो ।

जोरबिजोर प्रणालीका आधारमा सार्वजनिक बस चल्न दिने निर्णय भएको ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले जानकारी दिए ।

यातायात व्यवसायीको तीव्र दवावमाथि जिल्ला प्रशासनहरुले सर्तसहित सेवा सञ्चालनको अनुमति दिएका हुन् । अहिले उपत्यकाका ३ जिल्लामा निजी सवारी साधन जोरबिजोर प्रणालीमा सञ्चालन भइरहेका छन् ।

निषेधाज्ञा यसअघि लागु गरिएका अन्य प्रतिबन्ध खुकुलेका प्रावधानहरु भने कायमै रहेको ललितपुरका सिडिओ निरौलाले बताए । अहिलेलाई २५ सिटभन्दा बढी क्षमताका सार्वजनिक यातायातमा भौतिक दूरी कायम गर्दै चलाउन अनुमति दिने निर्णभ भएको छ,” निरौलाले भने ।

बसहरुले स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने, बसमा स्यानिटाइजर राख्ने तथा सिटमा यात्रुको दूरी राख्नुपर्ने जस्ता मापदण्ड तोकिएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...