पुनर्निर्माण प्राधिकरणका इञ्जिनियर काममा फर्कन सहमत

502

काठमाडौं । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन इकाई (भवन) अन्र्ततका प्राविधिकहरु तत्काल कार्यक्षेत्रमा फर्केर पुनःनिर्माणका काममा क्रियाशील हुने भएका छन् ।

प्राधिकरणमा आज भएको वार्तामा इञ्जिनियरले पाउने सञ्चार, यातायात तथा स्थानीय भत्ता उपलब्ध गराउने, प्राविधिकलाई आवश्यक पर्ने तालिमका साथै विभिन्न निकायमा व्यवस्थापन गर्न पहल गर्नेलगायतका सहमति भएको छ ।

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीको उपस्थितिमा भएको छलफलपछि प्राधिकरणका तर्फबाट केन्द्रीय आयोजना कार्यान्वयन इकाई (भवन)का आयोजना निर्देशक श्यामकिशोर सिंह र आन्दोलनरत प्राविधिकका तर्फबाट अविनाश अमरले सहमतिपत्रमा हस्ताक्षर गरे ।

सहमतिपछि अमरले आफ्ना सबै माग पूरा भएकोमा खुसी व्यक्त गर्दै सम्पूर्ण प्राविधिकहरु काममा खटिने र असार मसान्तभित्र धेरैभन्दा धेरै लाभग्राहीको मुहारमा खुसी ल्याउने प्रतिबद्धता व्यक्त गरे ।

No photo description available.

May be an image of text that says 'देशले बोकेको "समृद्ध नेपाल, सुखी नेपाली" को लक्ष्य प्रासिका निम्ति इन्जिनियरिड क्षेत्रका प्राविधिकहरुको परिचालन अनिवार्य रहेकोले यस्ताविभित्न क्षेत्रहरुको पहिचान गरी प्राधिकरण बाहेकका इन्जिनियरहरुलाई पनि परिचालन गर्नका लागि प्राधिकरणले सरकारसँग समन्वय गर्ने वार्ता टोलिको सदस्यहरु प्राधिकरणको तर्फबाट प्राविधिकहरुको तर्फबाट ૧. अविनाश (समिति अध्यक्ष अमर 스 जोहन ३. निरज कुमार सिंह ४. सद्दाम अली खान காணி் मिलन दुंगाना Moe रिता कुमारी शाही Ishe: श्याम किशोर सिंह आयोजना निर्देशक केन्द्रिय आयोजना कार्यान्वयन ईकाई (भवन) राष्ट्रिय पुनर्निर्माण प्राधिकण'

Share This:
सम्बन्धित खबर
Loading...