नेपालमा कोभिशिल्डको ‘नक्कली खोप’, छानबिन गर्न माग

448

काठमाडौं । नेपालमा कोरोना भाइरसविरुद्धको खोप अभावको मौका छोपेर कोभिशिल्ड खोप भन्दै लुकीछिपी नेपालमा भारतीय नाका आसपासमा बिक्री भएको भन्दै छानबिनको माग अघि सार्दै राष्ट्रिय उपभोक्ता मञ्चले आफूलाई सूचना प्राप्त भएको भन्दै विज्ञप्तिमार्फत् सरकारको ध्यानाकर्षण गराएको छ ।

मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले विज्ञप्ति निकालेरै पूर्वी नाकाहरुबाट काठमाडौंलगायतका सहरी क्षेत्रहरुमा ल्याइ अवैधरुपमा कोभिशिल्डको खोप भन्दै लुकीछिपी ३ हजारदेखि ५ हजारसम्ममा बिक्रीवितरण भइरहेको गोप्य सूचना केही चिकित्सकहरुले दिएको उल्लेख गरेका छन् ।

“सरकार संयन्त्रबाट नै खोप गायव भएको समाचार र भारतको बंगालमा नक्कली कोभिशिल्डको बजारमा बिक्री भइरहेको समाचारलाई विश्लेषण गर्दा यसमा सरकारको सक्रियता र सजगतामा कमी देखिएको छ,” विज्ञप्तिमा भनिएको छ ।

उनले जनताको जनस्वास्थ्यमाथि खेलवाड गर्दै यस्तो गम्भीर प्रकृतिको कृयाकलापको सम्बन्धमा ध्यानाकर्षण गर्दै तत्काल यस विषयमा छानबिन गरी दोषीलाई कडा कारबाही गर्न माग गरेका छन् ।

Share This:
सम्बन्धित खबर
Loading...