राजदूतमा सिफारिस भएका युवराज कार्कीलाई नियुक्त नगर्न सर्वोच्चको अन्तरिम आदेश

317

काठमाडौं । सर्वोच्च अदालतले बहराइनका लागि नेपाली राजदूतमा नियुक्तिका लागि सिफारिस भएका युवराज कार्कीको योग्यता नपुगेको भन्दै निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ ।

मन्त्रिपरिषद्को वैशाख २५ गतेको बैठकले कार्कीलाई बहराइनको आवासीय राजदूतका लागि सिफारिस गर्ने निर्णय गरेको थियो । उक्त निर्णयविरुद्ध सर्वोच्चमा परेको रिटमा सुनुवाइ गर्दै न्यायाधीशद्वय सपना प्रधान मल्ल र प्रकाश कुमार ढुंगानाको इजलासले निवेदनको अन्तिम टुंगो नलागेसम्म कार्यान्वयन नगर्नु÷नगराउनु भनी अन्तरिम आदेश जारी गरेको हो ।

प्रतिनिधिसभा विघटन भएकाले उनको संसदीय सुनुवाइ नभइ नियुक्तिको तयारी भएको बेला अदालतले रोक लगाएको हो ।

सर्वोच्चले यसअघि राजदूतमा सिफारिस हुने व्यक्तिको योग्यता सम्बन्धी मापदण्ड परिवर्तन गर्ने निर्णय कार्यान्वयन नगर्न आदेश गरेको थियो । सोही आदेशको आधारमा सर्वोच्चले यस्तो आदेश गरेको हो । अधिवक्ता दीपकक्रिम मिश्रले दायर गरेको रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै सर्वोच्चले यस्तो आदेश जारी गरेको हो ।

Share This:
सम्बन्धित खबर
Loading...