सामाजिक दूरीको नियम तोडेका बेलायतका स्वास्थ्यमन्त्री ह्यानककले दिए पदबाट राजीनामा

404

एजेन्सी । बेलायतमा सामाजिक दूरीको नियम तोड्दै आफ्नी एक सहकर्मीलाई चुम्बन गरेपछि त्यहाँका स्वास्थ्यमन्त्री म्याट ह्यानककले राजीनामा दिएका छन् ।

प्रधानमन्त्री बोरिस जोनसनलाई लेखेको पत्रमा उनले जनताले यो महामारीमा गरेका धेरै त्यागका लागि र साँच्चिकै भन्नुपर्दा जब हामी उनीहरुलाई निराश पार्छौँ तब सरकार उनीहरुको ऋणी रहने लेखेका छन् ।

प्रधानमन्त्री जोनसनले राजीनामा पत्र पाएर आफू दुःखी भएको बताएका छन् । पूर्वअर्थमन्त्री शजिद जावेदलाई नयाँ स्वास्थ्यमन्त्री बनाइएको डाउनिङ्ग स्ट्रिटले जनाएको छ ।

द सन पत्रिकाले तीनजना सन्तानका साथ विवाहित रहेका ह्यानकक र जीन कोलेड्यानजेलोबीचको चुम्बनको तस्बिर छापेपछि ह्यानककमाथि पद छाड्न दवाव बढेको थियो । उक्त पत्रिकाले ती तस्बिरहरु स्वास्थ्य मन्त्रालयभित्र ६ मेमा लिइएको जनाएको छ ।

स्वास्थ्यमन्त्रीका रुपमा ४ वर्ष काम गरेका ह्यानककले आफ्नो राजीनामा पत्रमा नियम तोडेकोमा बारम्बार माफी मागेका छन् ।

Share This:
सम्बन्धित खबर
Loading...