२४ घन्टामा थपिए २,०१६ जनामा संक्रमण, ४,९१४ काेराेनामुक्त

425

काठमाडौं । नेपालमा २४ घन्टाको अवधिमा २ हजार १६ जना कोरोना भाइरस संक्रमित थपिएका छन् भने ३० जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घन्टामा देशभर ४ हजार ७ सय ४ आरटी पिसिआर र ४ हजार ८ सय ७ एन्टिजेन गरी कुल ९ हजार ८ सय १० जनामा परीक्षण गरिएकोमा २ हजार १६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

संक्रमितहरुमध्ये मुलुकभरका विभिन्न अस्पतलाको आइसियूमा ७ सय ३४ जना र भेन्टिलेटरमा २ सय २२ जना उपचाररत छन् ।

मन्त्रालयका अनुसार शनिबार देशभरबाट ४ हजार ९ सय १४ जना कोरोना संक्रमणमुक्त भएर फर्किएका छन् । योसँगै कोरोना जितेर फर्कनेको संख्या ५ लाख ८१ हजार ३ सय २७ पुगेको छ । निको हुने दर ९१.७ प्रतिशत छ ।

पछिल्लो २४ घन्टाको अवधिमा ३० जनाको संक्रमणबाट मृत्यु भएको भएको छ । योसँगै हालसम्म मृत्यु हुनेको संख्या ८ हजार ९ सय ७५ पुगेको छ ।

No photo description available.

Share This:
सम्बन्धित खबर
Loading...