काठमाडौं । नेकपा (एमाले)का वरिष्ठ नेता माधव कुमार नेपालले आफूहरुको लढाइँ केपी शर्मा ओलीविरुद्ध नभएको स्पष्ट परेका छन् । आफूहरुको लडाइँ केपी ओली प्रवृत्तिविरुद्ध भएको उनको भनाइ छ ।
शनिबार संसद् भवनमा राजनीतिक मामिला सम्बन्धी संवाददाताहरुसँगको अन्तरक्रियामा नेता नेपालले आफूहरु एमालेकै विद्रोहीका रुपमा विपक्षी गठबन्धनमा सहभागी भएको बताए ।
“संविधानको धारा ७६(५) मा पुगेर केपी ओलीमा तानाशाही परास्त गर्न हामी विद्रोही बनेका हौँ । यो एमालेभित्रको विद्रोही आवाज हो, क्रान्तिकारी आवाज हो । लोकतान्त्रिक प्रक्रियाबाट पनि तानाशाही जन्मिने रहेछ, केपी ओली त्यस्तै तानाशाहा हो,” नेपालले भने ।
ओलीले पटक–पटक गलत कदम चालेको उनले बताए । ओलीमा सत्ता, शक्तिको मात चढेको जिकीर उनले गरे ।