काठमाडौं । भाडा खोज्ने क्रममा जातीय विभेद गरिएपछि न्याय माग्दा आफूविरुद्ध अफवाह फैलाउने सञ्चार माध्यम (अनलाइन)विरुद्ध रुपा सुनारले प्रेस काउन्सिल नेपालमा उजुरी दिएकी छन् ।
आफूलाई भएको जातीय दुव्र्यवहारको विरोध गर्दा ‘युरोपियन युनियन (इयू)बाट उचालिएको” जस्ता भ्रामक समाचार लेखेर जातीय भेदवाभ र छुवाछुतलाई दुरुत्साहन गर्ने कार्य गरेको भन्दै सुनारले ९ वटा अनलाइनविरुद्ध उजुरी दिएकी हुन् ।
उनले उजुरी दिएका अनलाइनहरु नेपालपाना डटकम, खबरमाला डटकम, कालापानी पोस्ट, इकालापानी पोस्ट, मिडिया २० पोस्ट, आजको नयाँ डटकम, ग्यालेक्सी सेभेन एक्सप्रेस डटकम, साझा मिडिया डटकम । नेपाल पहरा डटकम रहेका छन् ।
यी अनलाइनले सुनारलाई इयूबाट डेढ करोड रुपैयाँ खाएको लगायत लान्छना लगाएका थिए ।