काठमाडौं । कक्षा ११ र १२ को परीक्षाको फारम बुझाउने म्याद थप गरिएको छ । असार २० गतेसम्म दोब्बर दस्तुरसहित परीक्षा आवेदन बुझाउन सकिने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।
स्कुलहरुले बोर्डका सम्बन्धित कार्यालयमा फारम बुझाउन सक्नेछन् ।
२०७८ सालमा हुने कक्षा १२ को नियमितका साथै आंशिक र ग्रेग वसद्धिका साथै कक्षा ११ को परीक्षाको फारम र रजिष्ट्रेसन फारम बुझाउने मिति यसअघि चैत मसान्तसम्म रहेको थियो ।