नेपाल दलित मोर्चाद्वारा शिक्षामन्त्री श्रेष्ठको बर्खास्तीको माग [विज्ञप्तिसहित]

528

काठमाडौं । नेपाल दलित मुक्ति मोर्चाले वर्तमान शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठलाई बर्खास्त गर्न माग गरेका छन् ।

मन्त्री श्रेष्ठले सञ्चारकर्मी रुपा सुनारले दिएको उजुरीको अनुसन्धान भइरहेको अवस्थामा हिरासतमा रहेकी काठमाडौंकी घरबेटीलाई थुनामुक्त गर्न प्रहरी चौकी पुगेको भन्दै दलित जनमुक्ति मोर्चाले आपत्ति जनाएको छ ।

मोर्चाले आज एक विज्ञप्ति जारी गर्दै नेपाल सरकारको मन्त्रीजस्तो व्यक्तिबाट अख्तियारको चरम दुरुपयोग गर्दै कानुन र न्यायको प्रक्रियामाथि निर्लज्ज हस्तक्षेप गरिएको भन्दै निन्दा एवम् भत्र्सनासमेत गरेको जनाएको छ ।

“राज्यको जिम्मेवार मन्त्रीबाट नै संविधान र कानुनको धज्जी उडाउँदै छुवाछूत विभेदको संरक्षण गरेको कार्यले सिंगो दलित समुदायलाई अपमान गरेको छ तसर्थ, निज मन्त्रीलाई कारबाही स्वरुप पदबाट तत्काल बर्खास्त गर्न नेपाल सरकारका प्रधानमन्त्रीसँग जोडदार माग गर्दछौँ,” विज्ञप्तिमा भनिएको छ ।

No photo description available.

Share This:
सम्बन्धित खबर
Loading...