पहिलो एन्टिभाइरस सफ्टवेयर निर्माता स्पेनको जेलमा मृत फेला

622

एजेन्सी । एन्टिभाइरस सफ्टवेयर व्यवसायी जोन म्याकाफी बार्सिलोनाको एक जेलमा मृत फेला परेका छन् ।

स्पेनको अदालतले उनलाई कर छलीको मुद्दामा अमेरिका सुपुर्दगी गर्न स्वीकृति दिएको केही घन्टापछि उनी मृत फेला परेका हुन् ।

क्याटलान न्याय विभागले जेलका स्वास्थ्यकर्मीले उनलाई बचाउन प्रयास गरे पनि असफल भएको जनाएको छ । एक विज्ञप्तिमा ‘सबै कुराले’ म्याकाफीले आत्महत्या गरेको संकेत दिएको बताएको छ ।

प्रविधि उद्योगमा विवादास्पद छबि बनाएका म्याकाफीको कम्पनीले विश्वको पहिलो एन्टिभाइरस सफ्टवेयर बजारमा ल्याएको थियो ।

म्याकाफी भाइरसस्क्यानले करोडौँ डलरको उद्योग स्थानमा गर्न अग्रणी भूमिका खोल्यो । पछि सो सफ्टवेयर कम्पनीले ७६ करोड डलरमा इन्टेल किनेको थियो ।

सन् २०२०को अक्टोबरमा स्पेनबाट टर्की जाने विमान चढ्ने क्रममा म्याकाफीलाई पक्राउ गरिएको थियो । उनीमाथि लाखौँ डलर कमाएर पनि ४ वर्षदेखि आयकर नतिरेको आरोप लगाइएको थियो ।

Share This:
सम्बन्धित खबर
Loading...