विपद्को सामना गर्न सरकारले तयारी नगरेको सांसद्हरुको आरोप

327

काठमाडौं । विपद्को सामना गर्न सरकारले तयारी नगरेको सांसद्हरुले आरोप लगाएको छन् । राष्ट्रियसभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बुधबार बसेको बैठकमा सांसद्हरुले सरकार विपद्को अवस्थामा निकै कमजोर भएको आरोप लगाएका हुन् ।

बैठकमा सांसद् नारायणकाजी श्रेष्ठले कुनै पनि सरकार पूर्व तयारी नगरी बस्नाले वर्षेनी नेपालमा धनजनको क्षति भएको आरोप लगाए । उनले सरकारलाई जनउत्तरदायी बनाउन र जनातको जीउधनको सुरक्षा गर्न अग्रह समेत गरे । श्रेष्ठले भारतले अतिक्रमण गरेको भूभागका बारेमा वार्ताको पहल गर्न र नेपाली भूभागमा बनाइरहेको बाटो तत्काल रोक्न कूटनीतिक पहल गर्न सरकारसँग आग्रह गरे

बैठकमा सांसद खिमलाल भट्टराईले खोप नपाएका जनतालाई खोप दिन पहल गर्नुपर्ने बताए । उनले दक्षिण एसियामा खोप लगाउने देशमा नेपाल दोस्रो स्थानमा भएपनि खोल लगाउन बाँकी जनसंख्यालाई खोपको व्यवस्थापन गर्न सरकारसँग आग्रह गरे ।

उाले विगतमा भोगेका समस्या फेरि दोहोरिन नदिन सरकारले पहलकदमी चाल्नु पर्ने र कोरोनाको तेस्रो लहरको सामना गर्न दरिलो भएर लाग्नु पर्ने जिकिर गरे । सांसद् भट्टराईले बाढी पहिरो गएका ठाउँमा राहत र उद्धारका कार्यमा तीव्रता दिन सरकारसँग माग गरे । लिपुलेक क्षेत्रमा नेपालको भूभाग मिचिएको हो वा होइन सत्यतथ्य बुझ्न सांसद भट्टराईएको माग गर्दै चाडोभन्दा चाडो लिपुलेकबारे तथ्य बाहिर ल्याउनुपर्ने तर्क गरे ।

बाढी र पहिरोबाट संकटमा परेका जनताको तत्काल आवश्यक पर्ने ठाउँमा उद्धार, राहत र वासस्थानको व्यवस्था गर्नुपर्ने सांसद्हरुको भनाइ छ ।

Share This:
सम्बन्धित खबर
Loading...