थप २,४२१ जनमा संक्रमण, ३,५५८ जना कोरोनामुक्त

300

काठमाडौं । नेपालमा २४ घन्टाको अवधिमा २ हजार ४ सय २१ जना कोरोना भाइरस संक्रमित थपिएका छन् भने ८१ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घन्टामा देशभर ७ हजार ४ सय ६१ आरटी पिसिआर र ४ हजार ९ सय ५३ एन्टिजेन गरी कुल १२ हजार ४ सय १४ जनामा परीक्षण गरिएकोमा २ हजार ४ सय २१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

संक्रमितहरुमध्ये मुलुकभरका विभिन्न अस्पतलाको आइसियूमा ७ सय ३४ जना र भेन्टिलेटरमा २ सय १३ जना उपचाररत छन् ।

मन्त्रालयका अनुसार बुधबार देशभरबाट ३ हजार ५ सय ५८ जना कोरोना संक्रमणमुक्त भएर फर्किएका छन् । योसँगै कोरोना जितेर फर्कनेको संख्या ५ लाख ६८ हजार ३ सय ८० पुगेको छ ।

पछिल्लो २४ घन्टाको अवधिमा ८१ जनाको संक्रमणबाट मृत्यु भएको भएको छ । योसँगै हालसम्म मृत्यु हुनेको संख्या ८ हजार ८ सय ९४ पुगेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...