ललितपुर महानगरपालिकाले ७७ वर्षमाथिका नागरिकलाई बुधबार खोप लगाउने

328

ललितपुर । ललितपुर महानगरपालिकाले ७७ वर्षमाथिका नागरिकलाई कोरोनाविरुद्ध कोभिशिल्ड खोप लगाउने भएको छ ।

महानगरपालिकाले सूचना जारी गर्दै बुधबारदेखि कोभिशिल्डको दोस्रो मात्रा खोप लगाइने बताएको हो ।

महानगरपालिकाले ७७ वर्ष माथिका २ हजार २ सय २० जनालाई कोभिशिल्डको दोस्रो डोज दिन लागेको हो । खोप बुधबार बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म लगाइने छ ।

महानरपालिकाले खोप लगाउनका लागि ८ वटा खोप केन्द्र तोकेको छ । वडा कार्यालयबाट सिफारिस गरिएका व्यक्तिहरुले मात्रै खोप लगाउन पाउने छन् ।

Share This:
सम्बन्धित खबर
Loading...