बन्द प्रशिक्षणका लागि ५० जना खेलाडी छनोट

201

काठमाडौं । साफ च्याम्पियनसीप र एसियन कपको छनोटका लागि राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले ‘क्लोज क्याम्प’का लागि ५० जना खेलाडी छनोट गरेका छन् ।

साफ च्याम्पियनसीप र एसियन कपको तेस्रो चरणको छनोटका तयारीका लागि उनले खेलाडी छनोट गरेका हुन् ।

नेपाली टोलीले जुलाई १ देखि ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा प्रशिक्षण सुरु गर्ने अखिल नेपाल फुटबल संघ(एन्फा)ले जनाएको छ ।

प्रशिक्षण दैनिक दुई पटक बिहान १० र दिउँसो ४ बजे हुने छ ।

यी हुन् बन्द प्रशिक्षणमा परेका खेलाडी
अर्पण कार्की, विकेश कुथु, विशाल श्रेष्ठ, विशाल सुनार, दीप कार्की, किरण कुमार लिम्बू, आशिष लामा, अविषेक रिजाल, अमित तामाङ, अनन्त तामाङ, दर्शन गुरुङ, दिनेश राजवंशी, डोना थापा, गौरभ बुढाथोकी, गौतम श्रेष्ठ, जर्ज प्रिन्स कार्की, कमल थापा, मनिश डाँगी, मिक्चेन तामाङ, नवयुग श्रेष्ठ, निरज बस्नेत, निशान खड्का, नितिन थापा, प्रकाश बुढाथोकी, प्रिजेत तामाङ, पुजन उपरकोटी, राजन गुरुङ, रजीन धिमाल, राजिव रोप्चन, रन्दीप पौडेल, रवि पासवान, रोहित चन्द, सञ्जोग राई, सन्तोष तामाङ, सेशेहाङ आङ्देम्बे, शिशिर लेखी, सुदिल राई, सुजल श्रेष्ठ, सुमन अर्याल, सुमन लामा, सुनिल बल, सुरज जेउ ठकुरी, तेज तामाङ, त्रिदेव गुरुङ

Share This:
सम्बन्धित खबर
Loading...