काठमाडौं । कोरोना भाइरस (कोभिड–१९)का कारण स्थगित भएको सवारीचालक अनुमतिपत्र (लाइसेन्स) सेवा पुनःसञ्चालनमा आएको छ ।
यातायात व्यवस्था कार्यालयले सूचना जारी गर्दै कोरोना महामारीको दोस्रो लहरका कारण स्थगन गरिएको सेवा पुनः सुचारु गरिएको जानकारी दिएको छ ।
आजदेखि सवारीचालक अनुमतिपत्र नवीकरण, ट्रायल परीक्षा उतीर्ण भएका परीक्षार्थीहरुको राजश्व संकलन तथा सवारीचालक अनुमतिपत्र वितरण गरिने छ ।
सवारीचालक अनुमतिपत्र नवीकरण, ट्रायल परीक्षा उतीर्ण भएका परीक्षार्थीहरुको राजश्व संकलन तथा सवारीचालक अनुमतिपञ वितरणमा कोटा प्रणाली लागु गरिएको छ ।