ओलीले एकता भंग गर्न खाेजेकाे नेपालकाे आरोप

418

काठमाडौं । नेकपा (एमाले)का वरिष्ठ नेता माधव कुमार नेपालले अध्यक्ष केपी शर्मा ओलीमाति पार्टी एकता भंग गर्न खोजेको आरोप लगाएका छन् । कर्णाली प्रदेशका चारजना सांसद्लाई पुनःवहाली गर्ने सर्वोच्च अदालतको आदेशविरुद्ध भ्याकेटमा गएकामा उनले असन्तुष्टि जनाएका हुन् ।

नेपालले सोमबार साँझ सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्,“कर्णाली प्रदेशका सांसद एवम् पार्टीका नेताहरूमाथि विधानविपरीत गरिएको कारबाहीलाई अदालतले उल्ट्याएपछि फेरि भ्याकेटमा जाने निर्णयबाट पार्टीलाई एकता भंग गर्ने दिशामा लग्न खोजिएको प्रस्ट बुझ्न सकिन्छ ।

कर्णाली प्रदेशसभामा ‘फ्लोर क्रस’ गरेर माओवादी केन्द्रका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीलाई विश्वासको मत दिएका सांसद्हरु प्रकाश ज्वाला, नन्दसिंह बुढा, अम्मर बहादुर थापा र कुर्मराज शाहीलाई एमालेको १०औँ राष्ट्रिय महाधिवेशन आयोजक कमिटीले निष्कासनको कारबाही गरेको थियो ।

तर, सर्वोच्च अदालतले एमालेको १०औँ महाधिवेशन आयोजक कमिटीले गरेको कारबाही वैध नहुने भन्दै सांसद्हरुलाई पुनःवहाली गरिदिएको थियो । उक्त आदेशविरुद्ध सोमबार एमाले अध्यक्षसमेत रहेको प्रधानमन्त्री ओलीले सर्वोच्चमा पुनरावलोकन निवेदन दिएका थिए ।

नेता नेपालले उक्त निवेदनले पार्टी एकता भंग गर्ने आरोप लगाएका छन् । उनले आफूहरु जिम्मेवार भएर पार्टी एकता बचाउन अधिकतम लचक भएर प्रस्तुत हुँदा त्यसलाई कमजोरीका रुपमा लिएको भन्दै विरोध जनाएका छन् ।

नेपालले प्रधानमन्त्री ओलीमाति सत्ता जोगाउन संविधान विरोधी र दक्षिणपन्थी तत्वहरु आत्मसमर्पण गरेको आरोप पनि लगाए । उनले भने, “सत्ता जोगाउन संविधानका विरोधी र दक्षिणपन्थी तत्वसँग आत्मसमर्पण गर्ने, एकता विरोधी हर्कतलाई जारी राख्ने कुराले एकताबद्ध पार्टी बनाउने प्रयासविरुद्ध को कुन रूपमा लागेको छ– सहजै देख्न सकिन्छ ।”

Share This:
सम्बन्धित खबर
Loading...