थप २,२९७ जनामा कोरोना पुष्टि, ३,१३० संक्रमणमुक्त

कोरोना अपडेट

404

काठमाडौं । नेपालमा २४ घन्टाको अवधिमा २ हजार २ सय ९७ जना कोरोना भाइरस संक्रमित थपिएका छन् भने ४६ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घन्टामा देशभर ६ हजार ५ सय ८३ आरटी पिसिआर र ४ हजार ३ सय २१ एन्टिजेन परीक्षण गरिएकोमा २ हजार २ सय ९७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

संक्रमितहरुमध्ये मुलुकभरका विभिन्न अस्पतलाको आइसियूमा ८ सय ११ जना र भेन्टिलेटरमा २ सय ३७ जना उपचाररत छन् ।

मन्त्रालयका अनुसार सोमबार देशभरबाट ३ हजार १ सय २० जना कोरोना संक्रमणमुक्त भएर फर्किँएका छन् । योसँगै कोरोना जितेर फर्कनेको संख्या ५ लाख ५९ हजार ९ सय २८ पुगेको छ । निको हुने दर ८९.९ प्रतिशत रहेको छ ।

पछिल्लो २४ घन्टाको अवधिमा ४६ जनाको संक्रमणबाट मृत्यु भएको भएको छ । योसँगै हालसम्म मृत्यु हुनेको संख्या ८ हजार ७ सय ७२ पुगेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...