‘बहुजातीय र बहुपहिचानको आधारमा प्रदेशको नामाकरण हुनुपर्छ’

422

विराटनगर । प्रदेश नम्बर १ को नाम पहिचानको आधारमा नगर्ने हो भने मुख्यमन्त्री शेरधन राईले ल्याएको अहिलेको प्रस्ताव फिर्ता गर्न माग गरिएको छ । विपक्षी दल संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चकी सांसद् विष्णु तुम्वाहाङ्फेले आजको प्रदेशसभा बैठकमा विशेष समयमा बोल्दै पहिचान विरोधी नामाकरण गर्ने निर्णय भए त्यसलाई मान्न नसकिने जिकिर गरिन् ।

“लिम्बुवानको राजधानी विजयपुर थियो । गोर्खाली सेना र लिम्बुवान सेनाबीचको युद्धमा कसैको हारजित नभएकाले १८३१ मा सम्झौता भइ लालमोहर लगाइएको थियो । अरुण पूर्व लिम्बुवान र अरुण पश्चिम खम्बुवानलाई तत्कालीन राज्यले मान्यता दिएको थियो । लिम्बुवान विगतकै भूमि व्यवस्था लागिएको थियो । लिम्बुवानी जिउँदो भूमि हो । विगतमा भएका सम्झौता लागु हुनुपर्छ,” तुम्वाहाङ्फेले भनिन् ।

उनले ऐतिहासिक नामाकरण गर्ने हो भने लिम्बुवान, खम्बुवान र किराँत हुनुपर्ने भन्दै प्रदेश सरकारको ध्यानाकर्षण गरिन् । योबाहेक विरोधी नाममा बल नगर्न आग्रह गर्दै उनले पहिचानको मुद्दा ओझेलमा पार्न खोजिए मान्य नहुने र आन्दोलन उठ्ने चेतावनी पनि दिइन् ।

प्रदेशमा बहुजातीय र बहुपहिचानको आधारमा नामाकरण हुनुपर्ने र देश संकटमा परेको अवस्थामा प्रदेशको नामाकरण प्रस्ताव गर्दा हतारो गर्नु भनेको संघीयता र गणतन्त्र नै समाप्त गर्ने योजना रहेको उनले बताइन् ।

Share This:
सम्बन्धित खबर
Loading...