भेरी अस्पतालको स्वास्थ्यकर्मीमाथि आक्रमण गर्ने ५० हजार धरौटीमा छुटे

414

नेपागञ्ज । नेपालगञ्जस्थित भेरी अस्पतालका स्वास्थ्यकर्मीमाथि आक्रमण गर्ने ३ जना धरौटीमा छुटेका छन् । ड्युटीमा रहेको डाक्टर तथा नर्समाथि कुटपिट र आक्रमण गर्ने दाङका तीनजना जनही ५० हजार धरौटी बुझाएर आइतबार छुटेका हुन् ।

ज्यान मार्ने उद्योगमा प्रहरीले दर्ता गरेको मुद्दाको सुनुवाइ गर्दै बाँके जिल्ला अदालतका न्यायाधीश श्यामसुन्दर अधिकारीको एकल इजलासले थुनामा रहँदै आएका मान बहादुर रावत, भरत रावत र लोकराज रावतलाई जनही ५०–५० हजार धरौटीमा छोड्न आदेश दिएको हो ।

अदालतको आदेशसँगै तोकिएको धरौटी बुझाएर तीनै जना आइतबार नै रिहा भएको बाँके जिल्ला अदालतका स्रेस्तेदार तीर्थ भट्टले जानकारी दिए ।

गत जेठ १३ गते उपचारका क्रममा ५४ वर्षीय डिल्ली बहादुर रावतको मृत्यु भएको थियो । कोरोना संक्रमित रावतको मृत्यु भएपछि उनीहरुले अस्पताल र स्वास्थ्यकर्मीमाथि आक्रमण गरेका थिए । सो क्रममा नर्स र डाक्टरहरुले अस्पतालको झ्यालबाट हाम फालेर ज्यान जोगाएका थिए ।

Share This:
सम्बन्धित खबर
Loading...