ज्वाला संग्रौलासहित ३ जना पक्राउ

239

काठमाडौं । कुटपिट गरेको आरोपमा ज्वाला संग्रौलासहित ३ जना पक्राउ परेका छन् । युवा संघकी केन्द्रीय सदस्य खुस्बु घिमिरेले दिएको जाहेरीका आधारमा उनीहरुलाई महानगरीय प्रहरी परिसर टेकुले हिरासतमा लिएर अनुसन्धान थालेको हो ।

पक्राउ पर्नेमा आफूलाई अभियन्ता बताउने ज्वाला संग्रौला, हिमाल उपाध्याय र शर्मिला वाइबा रहेका छन् ।

पक्राउ परेका उनीहरुमाथि कुटपिट, अभद्र व्यवहार तथा प्रहरीमाथि समेत हातपात गरेको अभियोग छ ।

खुस्बुमाथि गत जेठ १६ गते गौशाला प्रहरी वृत्तको हिरासतमा ज्वालाको समूहले आक्रमण गरेको थियो । त्यसविरुद्ध उनले टेकु प्रहरी परिसरमा उजुरी गरेकी थिइन् ।

Share This:
सम्बन्धित खबर
Loading...