काठमाडौं उपत्यकामा फेरि एक हप्ता निषेधाज्ञा लम्बियो, के–के गर्न पाइन्छ हेर्नुस्

1,024

काठमाडौं । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा एक हप्ता थपिएको छ । उपत्यकाका (काठमाडौं, ललितपुर र भक्तपुर)का प्रमुख जिल्ला अधिकारीहरुको आज बसेको संयुक्त बैठकले कोभिड संक्रमण उल्लेखनीयरुपमा नघटेको निष्कर्ष निकाल्दै एक हप्ता थप गर्ने निर्णय गरेको छ । थप भएको निषेधाज्ञा असार १४ गतेसम्म लागु हुनेछ ।

यो अवधिमा निजी सवारीसाधन भने जोरबिजोरका आधारमा सञ्चालन हुनेछन् । आइतबार, मंगलबार र बिहीबार सुनचाँदी, भाँडा पसल, मोबाइल पसल (बिहान ११ बजेदेखि अपरान्ह ४ बजेसम्म) खुला रहनेछन् ।

सोमबार, बुधबार र शुक्रबार डिपार्टमेन्ट स्टोर, फेन्सीका पसलहरु खुल्नेछन् । यी पनि बिहान ११ बजेदेखि अपरान्ह ४ बजेसम्म खोल्न पाइने छ । खाद्यन्न पसल भने हरेक दिन बिहान ११ बजेसम्म खोल्न पाइने छ । निर्माण सामग्रीका पसलहरु बिहान ११ बजेदेखि साँझ ६ बजेसम्म खोल्न पाइने छ ।

अहिलेको निषेधाज्ञा सोमबार राति १२ बजेसम्म कायमै छ ।

Share This:
सम्बन्धित खबर
Loading...