गण्डकीमा मन्त्रालय भागबन्डा : कांग्रेस र माओवादीले ४–४ पाउँदा जसपालाई २ मन्त्रालय

703

गण्डकी । गण्डकी प्रदेशमा नयाँ सरकार बनाएको गठबन्धनले मन्त्रालयको टुंगो लगाएको छ । मुख्यमन्त्री कार्यलयसहित ११ मन्त्रालय रहेको गण्डकीमा नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)ले ४–४ मन्त्रालय पाउने भएका छन् ।

कांग्रेसले मुख्यमन्त्रीसहित ४ मन्त्रालय पाउने भएको हो । कांग्रेसबाट कुमार खड्का मन्त्री बनिसकेका छन् । कांग्रेसबाट थप २ जना मन्त्री थपिने छन् । माओवादी केन्द्रबाट अब ३ जना मन्त्री थपिनेछन् । यसअधि मधुमाया अधिकारी गुरुङ मन्त्री बनिसकेकी छन् । सभामुख नेत्रनाथ अधिकारीसहित १२ जना सांसद् माओवादी केन्द्रका छन् । सभामुख अधिकारी र मन्त्रीको शपथ लिएकी अधिकारीबाहेक सबैले मन्त्रीको दाबी गरेका छन् ।

माओवादी केन्द्रका एक नेताका अनुसार जनता समाजवादी पार्टीका २ जना सांसद नै मन्त्री बन्ने भएका छन् । हरिशरण आचार्य यसअघि उक्त दलबाट मन्त्री बनिसकेका छन् । उक्त दलबाट गत शनिबार शपथ लिन नपाएको भन्दै धनमाया पोखरेल (लामा)ले असन्तुष्टि जनाएकी थिइन् । स्वतन्त्र सांसद राजीव गुरुङ‘दीपक मनाङे’ले पनि मन्त्रीको शपथ लिइसकेका छन् । गत शनिबार मुख्यमन्त्री पोखरेलसहित मन्त्रीको शपथ लिएका सबैलाई बिना विभागीय मन्त्री बनाइएको थियो ।

भागबन्डामा संख्याको टुंगो लागेपनि कुन दललाई कुन मन्त्रालयको जिम्मेवारी दिने भन्नेमा निर्णय भइनसकेको छैन ।

Share This:
सम्बन्धित खबर
Loading...